आकृति शर्मा

 
आकृति शर्मा
खोटांगको सानो गाउमा हुर्केकी
ठुलो मान्छे बन्ने सपना बुन्दै
अनेक कस्ट गरि एस . ल. सी
उत्किर्ण गरेकी
आकृति शर्मा

छोटो कद
बाटुला आखा अनि
रसिला गुलाबी ऒठ
४ दसमलब ६ फिट उचाई
अनि काल्कलौदो योवानले लिप्त भएको
चन्चले बानी
भनौ आकृति सबैका नजरमा वाहा वहा...!!!
गाउको हरिले हात काटेर प्रेम पत्र लेखेको
तिमि विना मर्छु भनने केटा त
उनले आफ्नै नजरले कति हो कति देखेको

तर
उनको सपना डाक्टर बनेर
आफ्ना गाउमा सेवा गर्ने
अनि देशको कुशल
नारी भनने रहेको छ

मिठा मिठा सपनालाई पछाउदै
शाहास र हिम्मत दुई मुठी
हातमा कस्दै
उनी राजधानी छिर्ने
आन्तिम निर्णयमा पुग्छिन

उनका बाबु पशुपति शर्मा
काजीसंग केहि रकम
ब्याजसंगै पियाज दिने सर्तमा
पाऊछन्
अनि उनी पनि सपना देखछन्
छोरि डाक्टर भएको
बाबुको मन त हो
दुखै दुख भएपनि
सन्तानको खुसीमा रमाउने
कति आमुलए छ
शब्दमा कुनै लेखाजोखा नै छैन

राजधानी जाने दिन आमाको
आखाबाट बरबराउदै खसेका
आशुका थोपा
अनि हात काम्दै उनका निधारमा
लागेको त्यो रातो टिका
केवल छोरिको खुसीको लागि
केवल सन्तानले चुचुरो चुमेको देख्नका लागि

आमाको नह्यानो माया
बाबुको सपनासंगै
वाकक लाग्दो, मान्छेको मुटु र मन हराएको
शहर
राजधानी भन्ने नाथॆ नाउ
झुनडीएको काठमाडौँ छिरछिन्

दिन रात दुख गर्दै
आनेकौ चुनौतीसंग जुद्दै
उनि आगाडी बडिरहेकी छिन्
केवल उनले देखेको लक्ष्यलाई
पछाउदै

तर
सहरका हुने खाने देखिएका
सुकिला मुकिला भनिएका
कतै कपाल रंगाएका
जिउमा छेडेर ढकढक हिड्ने
चिया, चुरोट अनि चुइगम पडकाउदै
केटि जिस्काउदै आनद प्राप्त
गर्ने
देशले भविषयको कर्णधार युवा भनेर
सम्भोधन गर्ने
राजधानीका केटाहरु
अनि तिनका नजरमा आकृति
आकृति शर्मा!!!

राजधानीकै हुने खाने
हेर्दा ह्टाकट्टा
बाबुले राखेको पर्काश नामलाई
प्रिन्स भनेर चिनाउने
बानेश्वोरको काय्फेमा चुरोटलाई
चुम्दै धुवा उडाउने
अनि २-४ जना केटाहरुको समूहमा
"ड्न" को उपनामले चिनेने
प्रिन्स
अनि प्रिन्स को गद्दे नजरमा
आकृति
आकृति शर्मा

निकै पछच्यायो निकै सपना देखायो
अनि पबित्र प्रेमलाई
तुछ बनाउदै
प्रेम-प्रस्ताब राख्यो
बिचरा आकृति
उनका लागि यी सहरका सबै मान्छे बिराना
मात्र उनको आफ्नो कोठाको भिता र शिलिंग
आफ्ना
उनको आफ्नो यो सहरमा को छ..?
आफ्नो मन बुजाउने को छ..??

अन्तत:
प्रिन्सको जाली प्रेम- प्रस्ताब
सुइकारछिन्

केहि हप्ता निकै हराभरा
भएको आकृतिको मन
सपनासंगै जोडिएका छन्

आचानक
एक आध्यारो रातमा उनि यो सहरको आन्धकरमा
नागीन्छिन्
उनका शरीर चुम्बन र स्पर्सले
अनि सम्भोगले धाकेकछन्  
आन्तिम चर्मोत्कर्षमा पुग्चिन उनी
लामो शास तान्दै आफुलाई
भाग्येमानी ठानछिन्
प्रेमको नह्यानो सन्तुस्टी
यौनको प्यास पाएकोमा

तर
आज उनका आखाबाट
प्रेमको त्याग तपस्याका
आशु तपतप चुहेका छन्

उनी नागीन येही शहरमा
उनको अस्मिता लुटियो येही शहरमा
उनी धाकेकीछिन्
प्रेमलाई धिकारेकीछिन्
वहा राजधानी....!!!
वहा प्रेम...........!!!

© सौजन ज्ञवाली
12 December 2014

Comments